आमा मिलन सहकारी आफ्नै भवनमा

आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखराको नागढुंगाको आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । स्थापनाको सातौं वर्षगाँठमा सहकारीले आफ्नै भवन बनाएको हो ।

उक्त अवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सहकारीले सम्मान गरेको छ । पहिलो सेवाग्राही मिरा तुलाचन, संस्थाकी उपाध्यक्ष निर्मला घिमिरे र खेमबहादुर थापालाई संस्थाले सम्मान गरेको हो । वचतकर्ता सदस्यहरुको वृहत्तर आर्थिक सामाजिक, साँस्कृतिक विकासमा अभिबृद्धि गर्न, संस्थालाई एक सफल वित्तीय संस्थाको रुपमा परिचित गराउन प्रवन्धक निर्देशक ध्रुवराज पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार दिगो रुपमा स्थापित गरी संस्थागत विकास, सदस्यहरुको गतिशील विश्वासिलो र अग्रणी वित्तीय सहकारी संस्थाको रुपमा परिचित गराउने परिकल्पनाअनुसार सहकारी संचालनमा आएको हो । ‘महिला तथा विपन्नको सेवा हो हाम्रो शान, समतामुलक समाज हाम्रो अभियान’ भन्ने मूल नारासहित सहकारी संचालनमा आएको हो ।

सदस्यहरुलाई नै परिचालन गरी उनीहरुको आर्थिक विकास तथा आत्मनिर्भर बनाउने, उद्योग, कल कारखाना, खुद्रा व्यापार, कृषि व्यवसायलाई टेवा पु¥याई गरिबीमुक्त व्यवसायिक एवं समृद्ध सदस्य बनाउने सहकारीको लक्ष रहेको छ । सहकार्य, साझेदारीमा सदस्य केन्द्रीत सेवा दिने मान्यता राखेको सहकारीमा हाल महिला सदस्य ५ सय ४४ र पुरुष सदस्य ६३८ गरी ११ सय ८२ जना सदस्यहरु छन् ।

सहकारीको कूल वचत १४ करोड, २१ लाख ११ हजार २ सय ५५ ४८ पैसा रहेको पौडेलले जानकारी दिनुभयो । जसमध्ये शेयर पुँजी ६ करोड ६० लाख ८ सय र लगानी १८ करोड १९ लाख ३७ हजार ६ सय ७२ रुपैयाँ ८७ पैसा रहेको छ ।

बचतकर्ताले व्यापार तथा घर आवास कर्जामा १६ देखि १८, कृषि कर्जामा १४, शेयर धन जमानत कर्जामा १८, युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तरगत कर्जा सुविधामा १० र अन्य सुविधाहरुमा ५ प्रतिशत सहकारीले ऋण लगानीको किसिम र व्याजदर कायम गरेको छ ।

अन्य सुविधाहरुमा जेक्ष्ठ शेयर सदस्य सम्मान तथा भत्ता वितरण, एकल महिला भत्ता वितरण, असल ऋणि सम्मान तथा उत्कृष्ठ बचत कारोबारको सम्मान, भूभू संचालक सम्मान, सुत्केरी भेटघाट भत्ता, काज किरिया भेटी, प्रमाणपत्र तहदेखि पीएचडी उत्तीर्ण विद्यार्थी सम्मान तथा पुरस्कार वितरण गरिने सहकारीको प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments