प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल(पिन)द्वारा आभार प्रकट

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल(पिन)ले नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औं कार्यकारिणी समितिमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

पिनका तर्फबाट जारी विज्ञप्तिमा प्रगतिशील समूहप्रति विश्वास एवं स्नेहका साथ मतदान गरी अधिकांश पदहरुमा विजयी बनाएको आभार व्यक्त गरिएको छ । मंसिर २८ गते सम्पन्न इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अधिकांश पदमा विजयी बनेका थिए ।

Facebook Comments