कर्मचारी आन्दोलनको कुनै अर्थ छैन : संंचारमन्त्री वास्कोटा


सरकारले समायोजनमा असहमति जनाउँदै निजामती कर्मचारीले आन्दोलन गर्नुको अर्थ नभएको स्पष्ट पारेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कर्मचारीको समायोजन संविधानबमोजिम भइरहेको भन्दै आन्दोलन गर्नुको अर्थ नभएको बताउनुभएको हो ।

कर्मचारी समायोजनको विषय धेरै उचालिराख्नुपर्ने, के के न भयो जस्तो गर्नुपर्ने धर्ना जुलुस गर्नुपर्ने विषयमा नपर्ने मन्त्री बास्कोटाले बताउनुभयो । सरकारले संविधान र कानून बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेको भन्दै मन्त्री बास्कोटाले आन्दोलनको अर्थ नभएको बताउनुभएको हो ।

आन्दोलन गर्नेले कानूनको आफू अनुकुल ब्याख्या गरेको पनि मन्त्री बास्कोटाले बताउनुभयो । नेपालमा केन्द्र सरकारमा ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ५८ हजार कर्मचारी आवश्यक रहेको भन्दै मन्त्री बास्कोटाले केन्द्रमा हाल रहेका ९२ हजार कर्मचारीमध्ये ४४ हजारलाई प्रदेश र स्थानीय तहमा समायोजन गरिने बताउनुभयो ।

Facebook Comments