राष्ट्रिय पुरुष क्लब लिग भलिबलमा विभागिय टोली नेपाल आर्मी शिर्ष स्थानमा

पोखरामा जारी चौथो आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनशिप २०७५ मा विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब शिर्ष स्थान बनाउन सफल भएको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा जारी खेलमा ६ खेल खेल्दै नेपाल आर्मी १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको हो ।

६ खेलनै खेलेको शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस १४ र १३ अंकका साथ क्रमश दोश्रो र तेश्रो स्थानमा छन । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब ११ अंकका साथ चौथो र नयाँवजार स्पोर्ट्स क्लब ९ अंकका साथ पाँचौ स्थानमा छ ।

बिहिबार दुई खेल खेल्नुपर्ने हेल्प नेपाल स्पोर्टस् क्लब बुधबारको विवादका कारण खेलबाट नै बाहिरिएपछि नेपाली आर्मी र जाउलाखेलको खातामा नियमानुसार ३–३ अंक जोडिएको आयोजकले जनाएको छ ।

Facebook Comments