सडक महोत्सवका लागि विभिन्न जिल्लामा रेबानको निम्तो


देशका विभिन्न जिल्लाहरुमा पोखरा सडक महोत्सव निम्तो बाँड्दै रेवान पोखराको टोली फर्किएको छ । तीनदिने भ्रमणका क्रममा टोलीले चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुमा पत्रकार सम्मेलन तथा व्यवसायीहरुसंग भेटघाट, छलफल र अन्र्तक्रिया गरेको थियो ।

‘प्रचार–प्रसार र प्रवद्र्धनको दृष्टिकोणले भ्रमण सफल रहेको रेवान पोखराका महासचिव गणेश थापाले जानकारी दिनुभयो । उहाँका विभिन्न जिल्लाहरुमा सडक महोत्सवको बारेमा जानकारी दिंदा सरोकारवालाहरुले चासो प्रकट गरेका थिए ।

सडक महोत्सव नेपालकै पृथक महोत्सव भएकाले अवलोकनका लागि आउने विभिन्न जिल्लावासीहरुले प्रतिवद्धता समेत जाहेर गरेको उहाँको भनाई छ । फरक फरक जिल्लामा आयोजित कार्यक्रमहरुमा प्रवद्र्धनात्मक भ्रमण टोलीका संयोजक सूर्यबहादुर भुजेलले महोत्सवका प्रमुख आकर्षणहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको साँस्कृतीक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

‘सडकमै खाउँ, सडकमै नाचौ, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा राष्ट्रिय कलाकारहरुको लोकदोहोरी, लाइभ व्याण्ड, हाँस्य प्रहसन, बालउद्यान तथा अन्र्तराष्ट्रिय खानाका स्टलहरु रहने आयोजक रेबान पोखराले जनाएको छ ।

प्रवद्र्धनात्मक भ्रमण टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, टान क्षेत्रिय संघ पोखराका उपाध्क्ष सुसिलराज पौडेल, नाट्टा पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देल, नाट्टा पोखराका पूर्वाध्यक्ष ओम पाण्डे, रेवान पोखराका सदस्य बसन्त गौतम, दिल श्रेष्ठ, पूर्व सचिव श्रीराम गिरी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments