अभिव्यक्ति स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध : मन्त्री चुमान

गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार देखी युवा पत्रकार सञ्जाल, गण्डकीको आयोजनामा आधारभुत पत्रकारिता सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । नवप्रवेशी पत्रकारहरूलाई पत्रकारिताका मान्य सिद्धान्त एवं पेसागत मानक अनुसारको समाचार संकलन तथा लेखनका आधारभूत सीपहरू सिकाई उनीहरूको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सञ्जालले जनाएको छ ।

तालिमको उद्धघाटन गर्दै गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका सम्बन्धमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कानुनहरु निर्माणको प्रक्रियामा रहेको प्रदेश सरकारले थुप्रै कानुनहरुको ड्राफ्ट तयार पारिसकेको उल्लेख गर्नुभयो ।

मानवका लागी बनाईने कानुन पुर्ण रुपमा मानविय हुने उहाँले बताउनुभयो । संविधानमा गरिएका व्यवस्था अनुकुलका कार्यान्वयनमुखी कानुनहरु निर्माण गर्ने कार्यमा प्रदेश सरकार सचेत रहेको मन्त्री चुमानले बताउनुभयो ।

तालिममा पत्रकारीताको परिचय र श्रव्य संचारमा समाचार, समाचार उत्पादन प्रक्रिया र संकलन अभ्यास, खोज तथा अपराध, अदालती रिपोर्टिङ् लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । आईतबार सम्म जारी रहने उक्त तालिममा पोखराका विभिन्न क्याम्पसहरुमा पत्रकारीता अध्ययन गरिरहेका विद्यार्थी र पोखराका विभिन्न संचार माध्यमहरुमा कार्यरत गरि ४५ जनाको सहभागीता रहेको छ ।

Facebook Comments