ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्री म्याटिसद्वारा राजीनामा

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिनुभएको छ । सिरिया लगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत बन्नुभएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गर्नुभएको छ । म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुँदै हुनुहुन्थ्यो । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ ।

ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गर्नुभएको थियो । ट्रम्पको यो कदमले मध्यपूर्वको शान्ति व्यवस्थामा गम्भीर खलल आउने र रुसी प्रभाव बढ्ने रक्षामन्त्री म्याटिसको ठम्याइ छ । सिरियामा अहिले करिव दुई हजार अमेरिकी सेना तैनाथ छन् ।

Facebook Comments