नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै

नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ ।

आजको दिनलाई लक्ष्मी पुजाको रुपमा पनि मनाउने गरिन्छ । यसरी पुजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास छ । जाडोमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

काठमाडौं उपत्यकाका नेवार समुदायले चारसय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको जनविश्वास रहिआएको छ । आजै काठमाडौंका ज्यापू समुदायले १४ औ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन् ।

Facebook Comments