गुड नेवर्सको सहयोगमा नौलो घुम्तीद्वारा सञ्चालित परियोजनाको समीक्षा सम्पन्न

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाको सन् २०१८ सम्पन्न भएका क्रियाकलापको समीक्षा गरिएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकामा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गतका विभिन्न कार्यक्रमको बारेमा समीक्षा गरिएको हो ।

सो छलफलमा सन् २०१९ मा सञ्चालन गर्न सकिने कार्यक्रमका बारेमा समेत छलफल भएको थियो । गाउँपालिकाका तर्फबाट सञ्चालन हुने कार्यक्रम र परियोजनाबाट सञ्चालन हुने कार्यक्रमलाई समन्वय गर्ने, एउटै कार्यक्रममा दोहोरो नहुने तथा प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख, गाउँपालिकाका अध्यक्ष, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु शाखा संयोजकहरु, कार्यक्षेत्रमा पर्ने वडाका वडाध्यक्षहरु परियोजना संचालन गर्ने संस्था गुड नेवर्स इन्टरनेशनलका जिल्ला संयोजक र केन्द्रका प्रतिनिधि र नौलो घुम्ती नेपालका अध्यक्ष, कार्यकारी निर्देशक र परियोजना हेर्ने प्रतिनिधिको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमको अवसर पारी अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका अध्यक्ष युवराज कुँवरले परियोजनाको सहयोगमा सहकारीहरुलाई प्रिन्टर हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै मादी गाउँपालिकामा जिल्ला समन्वय समितिका प्रमुखा बैनबहादुर क्षेत्रीलाई गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ मार्फत् कार्यक्षेत्रका विद्यालयलाई खानेपानी पाइप हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले आगामि दिनहरुमा संस्थाले सम्बन्धित कार्यक्षेत्रमा समन्वयलाई बढाउने तथा समुदायको सामाजिक तथा आर्थिक विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Facebook Comments