राष्ट्रिय पुरुष लिग भलिवलको उपाधि आर्मीलाई

पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनशिप २०७५” मा विभागिय टोली त्रिभुवन क्लबको नेपाल आर्मी च्याम्पियन भएको छ । पोखरा रंगशला भलिबल ट्रेनिङ सेन्टरमा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

च्याम्पियन भएसंगै नेपाल आर्मीले नगद २ लाख रुपैया हात पारेको छ । त्यस्तै खेलमा उपाधी नजिक बाट चुकेको एपिएफले दोश्रो स्थानमा चित्त बुझउँदै नगद १ लाख प्राप्त गरेको छ । फाइनलमा आर्मीलाई हराउन मैदानमा उत्रिएको एफिएफले पहिलो सेटमा १८–२५ ले आफ्नो पक्षमा पार्न सफल रह्यो तर लगातारका दुई सेट भने २५–१९ र २५–१८ ले गुमाउन पुग्यो ।

चौथो सेटमा पुनः एपिएफले आर्मीलाई १८–२५ ले रोक्दै खेलमा फर्कने संकेत गरे पनि अन्ततः आर्मीेले निर्णायक सेट १५–१७ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको हो । यसै गरि शनिबार नै सम्पन्न तेश्रो र चौथो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले रुपन्देहीको मणी मुकु्न्दलाई सोझो सेटमा पराजित गरेको छ ।

खेलमा नेपाल पुलिसले २५–१४, २५–१९ र २५–१५ ले हराएको हो । तेश्रो स्थान हासिल गर्न सफल नेपाल पुलिसले नगद ५० हजार प्राप्त गरेको छ । यहि पुस १ गते बाट संचालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा नेपाल आर्मीका धन बहादुर भट्टलाई नगद २५ हजार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

Facebook Comments