साहित्य महोत्सव : कस्तो होला त ‘सय बर्षपछिको नेपाल’

नेपाल साहित्य महोत्सव जारी रहेको छ । महोत्सवको दोस्रो दिन आइतबार दुई कक्षमा विभिन्न प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । जस अन्तर्गत भूपी कक्षममा सय बर्षपछिको नेपाल शीर्षकमा विश्व पौडेल र सुधीर शर्माको प्रस्तुति रहनेछ ।

त्यस्तै क्यान नेपाल वि द इन्टलएक्चुइल, आर्ट एण्ड एक्टिभिज्म, किन घुम्ने नेपाल, सहर, साथी र सपना, रेमिटान्स साहित्यः दुःखदेखि दुःखसम्म लगायतका प्रस्तुति रहने छन् । मधेस आन्दोलन देखि आख्यानसम्म, मीटू, द आर्ट अफ राइटिङ, कविताको कोरियोग्राफी, आकास विम्वाकाश लगायतका शीषर्कमा प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मंगलबार दिनसम्म चल्ने महोत्सवमा साहित्यका विभिन्न विधाका स्वदेश तथा विदेशका चर्चित व्यक्तित्वहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । बुकवर्म फाउण्डेशनको आयोजनामा भएको ७ औं संस्करणको साहित्य महोत्सवमा साहित्यमा रुची हुनेहरुको उल्लेख्य सहभागिता रहेको छ । यसअघि महोत्सवको पाँचौ र छैंटौ संस्करण पनि पोखरामा नै भएको थियो ।

महोत्सवको पहिलो दिन शनिबार नै अभिनेत्री मनिषा कोइरालाको संस्मरणात्मक पुस्तक ‘हिल्ड’ को विमोचनका साथै पुस्तकबारे अन्र्तक्रिया भएको थियो । मनिषा कोइरालाले आफ्नो अनुभवले आशा जगाओस् भन्ने उद्देश्य राखेर पुस्तक लेखेको बताउनुभयो । क्यान्सर लागेर उपचारपछि पूर्ण स्वस्थ रहेको बताउँदै आफूले भोगेको पीडालाई पुस्तकका रुपमा लेखेको कोइरालाको भनाई छ ।

Facebook Comments