फेवा सिटी हस्पिटलको अधिवेशन सम्पन्न, अध्यक्षमा चेतबहादुर गुरुङ चयन

पोखरा महानगरपालिका नागढुंगामा रहेको फेवा सिटी हस्पिटल पोखराको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा चेतबहादुर गुरुङलाई चयन गरेको छ । गुरुङ यसभन्दा पहिले पनि एक अध्यक्ष भइसक्नुभएको थियो ।

सर्वसम्मत रुपमा चयन भएको समितिको सदस्यमा प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, डा ध्रवबहादुर अधिकारी, डा. सुरेश थापा, डा. जयबहादुर खत्री, दीनेशबाबु खड्का र सर्वजीत अधिकारी चयन हनुभएको छ ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, निवर्तमान अध्यक्ष डा. भोजराज न्यौपाने, निर्वाचन संयोजक अधिवक्ता कमलप्रसाद अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments