विद्यालय समायोजनको निर्णयको विरोध, शिक्षाविदहरुको सुझावका आधरमा : वडाध्यक्ष

पोखरा महानगरपाकिला वडा नंं ९ मा रहेका २ विद्यालय समायोजन गर्न खोजिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विरोध जनाएको छ ।

नेकपाको पोखरा महानगरपालिका वडा नं. ९ का तर्फबाट जारी विज्ञप्तिमा वडाभित्र रहेका नवप्रभात माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय समायोजन गर्ने प्रक्रिया अगाडि बढाएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

तर वडा अध्यक्ष रामराज लामिछानेले भने वडाबासी, शिक्षाविदहरुको सुझावलाई मध्यनजर गर्दै समायोजनका महानगरपालिका समक्ष पेश गरिएको जानकारी दिनुभयो ।

दुवै विद्यालयमा विद्यार्थीको चाप अधिक रहेको, निम्न बर्गका नागरिकका छोराछोरी अध्ययन गर्ने तथा जनसंस्थाको हिसावले पनि सरकारी विद्यालयको संख्या कम रहेकाले समायोजन गर्न नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रचलित ऐन कानुन र शिक्षा नियमावली पालन गर्दा गर्दै पनि वडा कार्यालयका तर्फबाटा समायोजनको निर्णय गरेको भन्दै सो निर्णय फिर्ता लिन समेत माग गरिएको छ ।

Facebook Comments