साहित्य महोत्सव : अँध्यारो उज्यालोमा विजयकुमार र रवि लामिछानेको प्रस्तुति


नेपाल साहित्य महोत्सव जारी रहेको छ । महोत्सवको दोस्रो दिन आइतबार दुई कक्षमा विभिन्न प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । जस अन्तर्गत भूपी कक्षममा सय बर्षपछिको नेपाल शीर्षकमा विश्व पौडेल र सुधीर शर्माको प्रस्तुति रहेको थियो । पर्यटनले मात्र नेपालको विकास हुने भन्दा पनि संभावनाका सबै क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्ने विश्व पौडेलेको भनाई थियो ।

त्यस्तै सहर, साथी र सपना शीर्षकमा खग्रेन्द्र लामिछाने, दयाहाङ्ग राई र बुद्धि सागरको प्रस्तुति रहेको थियो । सो अवसरमा सहरमा के कस्ता संघर्ष गर्नुपरेको थियो, साथीहरुले के कस्तो साथ दिन्छन् भनेर रमाइलो गरी आफ्ना अनुभव प्रस्तुत गरिएको थियो ।

सो क्रममा राईलाई खगेन्द्र लामिछानेले नेपाली कागज माग्दा पिटेको, आफूले मोटरसाइकल तथा गाडी नचलाएको र आफ्ना एक मित्रको निधनले आफूलाई सवारी चलाउन कठिन भएको लगायतका रोचक प्रसङ्ग उल्लेख गरिएको थियो ।

त्यस्तै क्यान नेपाल वि द इन्टलएक्चुइल, आर्ट एण्ड एक्टिभिज्म, किन घुम्ने नेपाल, रेमिटान्स साहित्यः दुःखदेखि दुःखसम्म लगायतका प्रस्तुति रहको थियो । आइतबार मधेस आन्दोलन देखि आख्यानसम्म, मीटू, द आर्ट अफ राइटिङ, कविताको कोरियोग्राफी, आकास विम्वाकाश लगायतका शीषर्कका प्रस्तुति सम्पन्न भएका छन् । सोमबार अँध्यारो उज्यालोमा विजयकुमार र रबि लामिछानेको प्रस्तुति रहने छ ।

मंगलबारसम्म चल्ने महोत्सवमा साहित्यका विभिन्न विधाका स्वदेश तथा विदेशका चर्चित व्यक्तित्वहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । बुकवर्म फाउण्डेशनको आयोजनामा भएको ७ औं संस्करणको साहित्य महोत्सवमा उल्लेख्य सहभागिता रहेको छ ।

Facebook Comments