कास्की सुपरस्टारमा ३० जना छनौट

संयुक्त फिल्मस् प्रा.लि.को आयोजनामा भइरहेको कास्की सुपर स्टार अन्तर्गत सेमी फाइनल चरणका प्रतिस्पर्धा जारी रहेको छ । जस अन्तर्गत गायनतर्फ १५ जना प्रतिस्पर्धीबाट १० जना तथा नृत्यतर्फ ३५ जना प्रतिस्पर्धी मध्येबाट २० जना छनौट भएका छन् ।

अन्तिम प्रतिस्पर्धा आगामि माघ ५ गते पोखरा उद्योग बाणिज्य संघको सभाहलमा हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा गायन तथा नृत्य दुवै विधामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र चौंथो हुनेले १० हजार नगद पुरस्कार प्राप्न गर्नेछन् ।

१२३ जनाबाट सेमी फाइनल चरणमा ३० जना छनौट गरिउको हो । अर्को चरणमा गायन तथा नृत्यु दुवै विधामा ४÷४ जना छनौट हुने बताइएको छ ।

Facebook Comments