साहित्य महोत्सव : महिलाको सुरक्षाको विषयमा संवाद हुने

नेपाल साहित्य महोत्सवको अन्तिम दिन मंगलबारको पहिलो प्रस्तुति वुमन्स सेफ्टी एण्ड सेक्युरिटी इन द टाइम अफ नेपालमा यज्ञशले मनिसा कोइराला, आनी छोइङ, संगीता मगर र सीमा बस्नेतसँग संवाद कार्यक्रम रहेको छ ।

त्यस्तै सङ्घीय नेपालमा आञ्चलिक स्वर, म किन राष्ट्रवादी होइन, अबको नेतृत्व कस्तो कसको, गणतन्त्रपछिको नेपाल, साहित्यमा सेन्सरसीप, दन्त्यकथा, द वेवार्ड डटर अ काठमाण्डौ स्टोरी लगायतका शीर्षकमा प्रस्तुति रहेका छन् । यसका साथै कविता बाचनको कार्यक्रम पनि रहेको छ ।

Facebook Comments