अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा भ्रष्टाचारको अवस्था र निवारणमा भएका काम कारबाहीसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगले भ्रष्टाचार नियन्त्रणको लागि गरिएका विभिन्न प्रयाससहितको २८ औ प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो ।

प्रतिवेदन अनुसार मुलुकमा भ्रष्टाचारको अवस्था भयावह देखिएको छ । आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सोमबार राष्ट्रपति कार्यालय सितल निवास पुगेर आर्थिक वर्ष २०७४, ०७५को प्रतिवेदन बुझाउनु भएको हो ।

आर्थिक वर्ष २०७४, ०७५ मा आयोगमा भ्रष्टाचार सम्बन्धी १९ हजार ४ सय ८८ उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ । १३ हजार १३ उजुरी आयोगमा आएको र माहतहतको कार्यालयमा ६ हजार ४ सय ७५ उजुरी दर्ता भएको हो । त्यस मध्येका ७ हजार ७ सय ७५ उजुरी अघिल्लो वर्षबाट सरेर आएको र आर्थिक वर्ष २०७४, ०७५ मा ११ हजार ७ सय ६९ उजुरी थपिएको अख्तियारले जनाएको छ ।

त्यस मध्ये १२ हजार ४ सय उजुरी फछ्यौट भएको र ६ हजार ५४ सय ५८ उजुरी छानविनबाट तामेलीमा राखिएको प्रतिवेदनमा जनाइएको छ । शिक्षा क्षेत्रमा बढी भ्रष्टाचार भेटिएको छ । कारबाही माग गर्दै आएका मध्ये १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षासँग सम्बन्धित छ ।

संघीय मामिलासँग सम्बन्धित १८ दशमलव २, भूमिसम्बन्धित ६ दशमलव ४८, गृह प्रशासनसँग सम्बन्धित ४ दशमलव १३, भौतिक तथा पूर्वाधारसँग सम्बन्धित २ प्रतिशत र अन्य उजुरी ३८ दशमलव ८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्धा बिशेष अदालतमा दर्ता गर्दै आएको छ । गएको अर्थिक वर्षमा बिशेष अदालतमा १ सय ९४ मुछा दर्ता भएको छ । त्यस मध्ये ९७ वटा घुस, ६४ वटा नक्कली शैक्षिक प्रमाणपत्र, १३ वटा सार्वजनिक सम्पति हानी नोक्सानी, ८ गैरकानुनी लाभ हानी, ५ वटा राजश्व हिनामिना, ४ वटा गैर कानुनी सम्पति आर्जन र ३ वटा अन्य बिषयका मुद्धा छन् ।

Facebook Comments