सरकारसँग वार्ता गर्न तयार छौं : नेकपा प्रवक्ता प्रकाण्ड

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आफ्नो पार्टी अहिले जनयुद्द गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

नेपाल क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आपूmहरु एकिकृत जनक्रान्तिका लागि राजनितिक संघर्षमा रहेको दाबी गर्नुभयो ।

विश्वकर्माले सरकारले आफूहरुमाथि आतंककारीको जस्तै व्यवहार गरेको आरोप लगाउनुभयो । तराई टुक्र्याउने भनेर खुलेयाम भाषण गर्ने सिके राउत र केही आपराधिक समूहहरुलाई खुलमखुल्ला हिड्न दिने सरकारले राजनितिक सिद्धान्तसहित जनताको क्रान्तिको मुद्धा बोकेका पार्टीलाई अनावश्यक दुःख दिइरहेको उल्लेख गर्दै उहाँले जनता र राष्ट्रको मुद्धा लिएर हिडेको पार्टीका नेताहरुलाई वर्तमान सरकारले आतंककारीलाई जस्तै पक्राउ गर्ने, धरपकड गर्ने कार्य गरेर आफ्नो असली रुप देखाएको आरोप लगाउनुभयो ।

नेता प्रकाण्डले आफूहरु सरकारसँग वार्ता गर्न भने तयार रहेको बताउनुभयो । कुनै समूह नभई दलकै हैसियतमा सम्बोधन भए वार्ता गर्न तयार रहेको उहाँको भनाई थियो । आफुहरु वार्ताका लागि तयार रहेको तर राजनीतिक हैसियत भएको पार्टी भएकाले त्यहीअनुसार आफुहरुका माग सम्बोधन हुनुपर्ने प्रकाण्डको भनाई थियो । ्

उहाँले सरकारले वार्ता टोली गठन गरेपनि त्यसको कुनै अर्थ नभएको स्पष्ट पार्नुभयो । विगतमा संविधानसभा र गणतन्त्रका लागि लडेकाहरुलाई आंतकारी भन्नेहरु नै प्रतिगमनकारी भएको उहाको भनाई थियो । आफूसहित विप्लवका नेता कार्यकर्ता पक्राउको प्रसंगमा प्रवक्ता विश्वकर्माले सरकारले पुष्टि गर्न नसकेर आफ्नै निर्णयमा असफल भएको तर्क गर्नुभयो ।

सरकारले ६२÷६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियाबाट छुटेका समूहसँग वार्ता गर्ने भनेर भनेकाले त्यो समूहमा नेकपा नपर्ने उहाँको जिकिर छ । उहाँले नेकपा जनयुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै आफूहरु जनक्रान्तिका लागि ज्यान हत्केलामा राख्न तयार रहेको स्पष्ट पार्नुभयो ।

Facebook Comments