प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरबाट इजाजत लिनुपर्ने

प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरपालिकाबाट इजाजत लिनुपर्ने भएको छ । पोखरा महानगरापालिकाका नगर कार्यपालिका कार्यालयले पेशा व्यवसाय सम्बन्धि इजाजत लिइ सञ्चालनको व्यवस्था मिलाउनका लागि वडा नं. १८ लाई निर्देशन दिएको छ ।

यस अघि पटक पटक ताकेता गर्दा पनि पेशा तथा व्यवसायको ईजाजत नलिएको भन्दै तत्काल व्यवसाय सञ्चालनको अनुमति लिने व्यवस्था मिलाउन निर्देशन दिइएको पत्रमा उल्लेख छ । लामो समयदेखि व्यवसाय सञ्चालनमा रहे पनि महानगरमा दर्ता नगरिएको जनाइएको छ ।

Facebook Comments