सपनाको ध्रुवतारा

– राधा कार्की

वीर वीराङ्गनाको सपना
खोकिलामा राखेर
मेरी आमा
आँसुको भेल तर्दै
रगतका लाप्सा छोप्दै
शोकलाई शक्तिमा बदल्दै
तिम्रो प्रतिरक्षाको निम्ति
असङ्ख्य रातहरू जागा बसिन् !

वर्षौं जलेर पनि
भरोसामा उभिएका मनहरू
स्वागतार्थ उभिएका थिए–
टुकीमा तेल थपेर
अन्ततः भित्रियो सपनाको ध्रुवतारा !

जब बित्दै गए दिनहरू
तब आमाको झुपडीबाट
अकस्मात् गायब भयो–सपनाको ध्रुवतारा !

Facebook Comments