महाकाली नदि पारीका बस्ती चाँदनी र दोधारा जाने झोलुङ्गे पुल

सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित महाकालीमा बनेको यो पुलको लम्बाई दक्षिण एशियाकै लामो पुल मानिन्छ । यसको लम्बाई १४५२.९६ मिटर रहेको छ ।

यस झोलुङ्गे पुलबाट मोटरसाइकलमा समेत स्थानीय आवात जावत गर्ने गर्दछन् । यो पुल बन्नुअघि चाँदनी र दोधारा जान शारदा ब्यारेजमा रहेको पुल तरेर भारतीय भुमी वनवासा हुँदै जानुपर्ने बाध्यता रहेको थियो ।

अहिले झोलुङ्गे पुल हेर्नकै लागि आन्तरिक पर्यटक उक्त स्थानमा पुग्ने गरेका छन् ।
व्यापारिक प्रयोजनका लागि समेत मोटरसाइकलमा सामानहरु राखेर ओहोर दोहोर गर्दा पुल जोखिममा पर्न सक्ने तर्फ भने कसैले ध्यान दिएको देखिदैन ।

Facebook Comments