पोखराको माउण्ट कैलाश रिसोर्टमा न्यु इयर इभ पार्टी हुने

पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टले यस बर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा न्यु इयर इभ पार्टीको आयोजना गर्ने भएको छ । विगत बर्षमा जस्तै यस वर्षपनि रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागत स्वरुप विभिन्न सांस्कृतिक कार्यक्रम सहित न्यु इयर इभ पार्टीको आयोजना गर्न लागेको हो ।

डिसेम्बर पुस १३ देखि पुस १६ अर्थात डिसेम्बर २८ देखी ३१ डिसेम्बरसम्म सञ्चालन हुने न्यु इयर इभमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित न्यु इयर को दिन लाइभ ब्याण्डको प्रस्तुति माउण्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्राईले जानकारी दिनुभयो ।

रिसोर्टको अपरेशन म्यानेजर टेक गुरुङका अनुसार डिसेम्बर २८ देखी ३० डिसेम्बरसम्म लोक संस्कृति झल्काउने खालका गीतमा पोखराको तरेली सांस्कृतिक परिवारले आफ्नो प्रस्तुती राख्नेछन । डिसेम्बर ३१ गते न्यु इयर इभको राती पोखराको ब्लु फायर ब्याण्डको लाइभ प्रस्तुतीसंगै विश्वकै अग्लो स्थानमा डिजे गरी गिनिज बुकमा नाम लेखाउन सफल डिजे छेवाङको प्रस्तुती रहने गुरुङले बताउनुभयो ।

विभिन्न अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त गरेको प्रतिष्ठित रिसोर्ट माउण्ट कैलास रिसोर्टले न्यु इयर इभको अवसरमा रिसोर्टमा आउने पाहुनाहरुलाई खानाका परिकारमा विशेष छुटको समेत ब्यवस्था गरेको छ ।

माउण्ट कैलाश रिसोर्टले नेपाली नया वर्ष, ल्होसार, क्रिसमस, अंग्रेजी नया वर्ष जस्ता चाडपर्वहरुमा विशेष कार्यक्रमहरु गर्दैै आइरहेको छ । रिर्सोटमा हुने कार्यक्रममा विदेशी पर्यटकका साथै छिमेकी जिल्ला, काठमाडौ, धरान, बुटबल, नेपालगञ्ज लगायतका शहरबाट हरेक बर्ष पाहुना आउने गर्ने रिर्सोटले जनाएको छ ।

Facebook Comments