मेक्सिको पुएब्ला राज्यकी गभर्नरको हेलिकोप्टर दुर्घटनामा परी निधन

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा उहाँका श्रीमान सेनातोर राफयल मोरिनो भालीको पनि मृत्यु भएको छ । पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् । ४५ वर्षीया एलोन्सो पुएब्ला शहरको पहिलो महिला गभर्नर बन्नुभएको थियो । उनहाँ पीएएन पार्टीकी सदस्य हुनुहुन्थ्यो ।

Facebook Comments