अमेरिका र त्यहाँबाट विश्वभरी क्रिसमसको उत्थान

क्रिसमसप्रति रहेको उलेख्य घृणाको अवस्थाबाट अमेरिका सन् १८७० को सरकारको राष्ट्रिय वर्ष घोषणा गर्ने अवस्थासम्म कसरी आइपुग्यो त ? क्रिसमसमाथिको प्रहार क्रिसमस भित्रको प्युरिटन सम्प्रदायबाट आएको थियो ।

प्युरिटनहरुको मुख्य लक्ष्यनै क्रिश्चियन धर्मभित्र रहेका अन्य धर्मबाट प्रभावित ऋतिथितिहरुलाई हटाएर क्रिश्चियन धर्मलाई शुद्ध बनाउनु थियो । तर, क्रिश्चियन भित्रकै अन्य सम्प्रदायमा भने क्रिसमसप्रति त्यति धेरै घृणाको भावना थिएन ।

अमेरिकामा क्रिसमसप्रतिको घृणाको भावना १९ औँ शताब्दीको अन्त्यसम्म निक्कै कम भइरहेको थियो । यसमा यो अवधिमा त्यहाँको जनसंख्यामा आएको उलेख्य फेरबदलको प्रमुख भूमिका थियो । १९ औं शताब्दीको मध्यतिर छोटो समयमै १५ लाख क्याथोलिक धर्म मान्ने आइरिसहरु अमेरिका बसाई सरेर आईपुगे ।

त्यो समय आयरल्याण्डमा आएको ठूलो भोकमरीले ठूलो जनसंख्यालाई बसाईसराई गर्न उत्प्रेरित गरेको थियो । उनीहरुले आफूसँगै युरोपमा मान्ने गरेको क्रिश्चियन परम्पराहरु पनि अमेरिका ल्याए । विस्तारै उनीहरुको प्रभावले गर्दा क्रिसमस आम क्रिश्चियनहरुमा स्वीकार्य पर्वमा बदलियो र अहिले विश्वभर यो पर्व विशेष रुपमा मनाईनछ ।

Facebook Comments