नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्वारा राजीनामा दिने घोषणा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने स्पष्ट पार्नुभएको छ । झाले आफूलाई पदको कुनै लोभ नभएको र आफू स्वेच्छाले सरकारलाई सजिलो पार्न राजीनमा दिने बताउनुभएको हो ।

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष झाले सरकार र प्रधानमन्त्रीलाई अफ्टेरो पारेर पदमा नबस्ने स्पष्ट पार्नुभयो । उहाँले काम गर्ने मान्छे भएको र आफ्नो पनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा रहेको उल्लेख गर्नुभयो ।

नेकपाका नेताहरुले पार्टीको बैठकमा उठाएका कुराले आफ्नो प्रतिष्ठामा आँच आएको र कसैलाई अन्याय नहोस् भनेर सोचिदिन झाले आग्रह गर्नुभयो । सत्तारुढ दल नेकपाका नेताहरूको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएको झाको गुनासो रहेको छ ।

‘मलाई बदनाम गरिएको छ । कुनै गल्ती नै नगरेको र आरोप नै नलागेको मजस्तो व्यक्तिलाई आज आरोपित गरिएको छ । उहाँले भन्नुभयो, उहाँहरूले त भ्रष्टाचारी नै ठहर गरिदिनुभएको छ ।
झाले आफू खुल्ला प्रतिष्पर्धामार्फत पहिलो नम्बरमा नाम निकालेर सो दुरसञ्चार प्राधिकरणको अध्यक्ष बनेको पनि उल्लेख गर्नुभयो । नेकपाका नेताहरुले बैठकमा झा लाई बर्खास्त गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Facebook Comments