मेडिकल माफियाको स्वार्थ पूर्तिका लागि समितिमा चलखेल : डा.केसी

प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति विपरित संसदीय समितिमा चलखेल भएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिनुभएको छ । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन अघि डा. केसीसँग छलफल गर्न खोजेपनि केसीले भने थप छलफल आवश्यक नभएको जवाफ दिनुभएको छ ।

मेडिकल माफियाको स्वार्थ पूर्तिका लागि समितिमा चलखेल भएको भन्दै अनसन बस्ने चेतावनी दिनुभएको छ । डा. केसीले बुधबार साँझ जारी गर्नुभएको विज्ञप्तिमा यसअधि सम्झौतालाई तोडमोड गरेर माफिया पोस्ने काममा पार्टीहरु र जनप्रतिनिधिहरु लागेको आरोप लगाउनुभएको छ ।

आफूसँग भएको सहमतिमा अलिकति पनि तलमाथि गर्ने प्रयास भए पुस १७ अगाडि नै अनसन बस्ने केसीको चेतावनी छ । केसीले अवको लडाइँ माफियाहरुसित मात्रै नभएर तिनलाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने दलका नेताहरु, पदाधिकारीविरुद्ध केन्द्रित हुने पनि उल्लेख गर्नुभएको छ ।

Facebook Comments