पोखरा विश्वविद्यालय स्थापनाको उद्देश्यमा संकुचन आउन नदिन आग्रह

पोखरा विश्वविद्यालयको स्थापनाको मर्म र उद्देश्यमाथि संकुचनको अवस्था आउने गरी गण्डकी प्रदेशको संगठन संरचनाको निर्माण नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई एक अन्तरक्रिया मार्फत सुझाव दिइएको छ ।

गण्डकी प्रदेशको प्रादेशिक संगठानात्मक संरचनाको खाका तयार गर्ने सन्दर्भमा सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले गण्डकी प्रदेश सरकारमार्फत विश्वविद्यालयमा भएको कार्यक्रममा यस्तो सुझाव दिइएइको हो ।

शिक्षा, स्वास्थ्य र पर्यटन उद्योगको विकास, अनुसन्धान, मानव संशाधनको आपूर्ति, नीति निर्माण आदि तहमा पोखरा विश्वविद्यालय प्रदेश सरकारका लागि एक महत्वपूर्ण मार्गदर्शक हुनेमा विश्वविद्यालयसँग सम्बद्ध सबैको एउटै आवाज थियो ।

विश्वविद्यालयको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै नयाँ प्रादेशिक विश्वविद्यालय जन्माउने तर्फ लाग्नुभन्दा स्थापनाको दुई दशक पार गरेको पोखरा विश्वविद्यालयको सर्वोपरी विकास र विस्तारका लागि प्रदेश सरकारले नीति निर्माणको खाका तयार गर्नु बढी बुद्धिमानी र दुरदर्शीता ठहरिने विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यक्रम÷स्कूल निर्देशक, परीक्षा नियन्त्रक, निकाय प्रमुख, कर्मचारीहरूले औल्याएका छन् ।

Facebook Comments