छोरेपाटन मा. बि. मा पुरस्कार बितरण सम्पन्न

पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन मा. वि. मा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ४० औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा आयोजित खेलकुद सप्ताह तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित विभिन्न कार्यक्रमका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको हो ।

बिभिन्न १७ विधामा संचालित खेल तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारी लगायतका अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको होे । कार्यक्रममा बिद्यार्थीहरुले अतिथिहरुको स्वागत र मनोरञ्जनको लागि विभिन्न किसिमका ९ किसिमका नृत्यहरु प्रस्तुत गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्दराज रेग्मिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यवस्थापन समितिका सदस्य कमलकान्त उपाध्याय, समितिका पुर्व सल्लाहकार मनुदेवी खत्री, प्रधानाध्यापक लक्ष्मण थापा लगायतकाले बोल्नुभएको थियो ।

पोखराकै उत्कृष्ट सामुदायिक विद्यालय छोरेपाटनमा हाल करिव २ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत छन् । बिद्यालयमा दश जोड दुई अन्तर्गत शिक्षा, मानविकी, व्यवस्थापन र बिज्ञान संकायमा पठनपाठन हुँदै आएको छ ।

यसैवीच, छोरेपाटन मा. वि. ले यही पुस १७ गते आयोजित बार्षिकोत्सव समारोहमा उपस्थितिको लागि सम्पूर्ण अभिभावक, भुपु विद्यार्थी, शिक्षक एवं सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।

Facebook Comments