पोखराको जिरो किमीमा सिटी लाइट क्याफे सञ्चालनमा

पोखराको जिरोकिलोमिटरमा सिटी लाइट क्याफे एण्ड बेकरी सञ्चालनमा आएको छ । जानकी एग्रो फार्मबाट उत्पादित भैसीको शुद्ध दूधका साथै दही, नौनी ध्यू, पनिरको बिक्री केन्द्र सहित क्याफे सञ्चालनमा आएको हो । जानकी एग्रोका संचालक व्यवसायी दीपक तिमिल्सिनाले क्याफेमा दुग्धजन्य उत्पादनका साथै चिया कफी, बेकरीजन्य उत्पादन विक्री वितरण हुने जानकारी दिनुभयो ।

जानकी एग्रोको चाउथेमा रहेको फार्ममा २ सय ८० वटा भैसी रहेको पनि तिमिल्सिनाले जानकारी दिनुभयो । फार्मबाट दैनिक १ हजार ७ सय लिटरसम्म दुध उत्पादन हुने गरेको छ ।‘गोठदेखि ओठसम्म’ परापूर्वदेखि चलिआएको परम्परालाई सहरमा समेत निरन्तरता दिएको तिमिल्सिनाको भनाई रहेको छ ।

फार्मबाट करिब ५० जनाले रोजगारी पाइरहेको उहाँले जानकारी दिनुभयो । जानकी एग्रो फार्मका पोखराको नयाँबजार, रत्नचोक, सभागृहचोक, बुद्धचोक र सिद्धार्थचोकमा दुध विक्री केन्द्र सञ्चालनमा रहेका छन् ।

Facebook Comments