फुटबल पुस्तक विमोचन, खेलले प्रतिष्ठा बढाउँछ : प्रदेश प्रमुख कुँवर

पोखरा र आसपासका फुटबल खेलको इतिहास समेटिएको पुस्तक फुटबल विमोचन गरिएको छ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पुस्तकको विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रदेश प्रमुख कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, समाज र मुलुककै प्रतिष्ठा बढ्ने उल्लेख गर्नुभयो ।

व्यक्तिमा निहीत क्षमतालाई प्रस्फुटन हुने अवसर प्रदान गर्नुपर्ने उहाँको भनाई छ । खेलकूदको विकासका लागि राजनीतिक भन्दा माथि उठेर सरकार तथा आम नागरिकहरु समेत सक्रियताका साथ लाग्नुपर्ने कुँवरको धारणा रहेको छ ।

पुस्तकमा गण्डकी प्रदेशको फुटवल खेलको विकास, अग्रज खेलाडीका अनुभव, आगामि दिनमा गर्नुपर्ने कार्य लगायतका विषय समावेश गरिएको छ । कार्यक्रममा पुस्तकका प्रकाशक गणेशबहादुर भट्टराई, गण्डकी प्रदेशका सांसद दिपक कोइराला, भूतपूर्व खेलाडी खड्कबहादुर रानाभाट, एन्फाका उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका पूर्व अध्यक्ष खेम गुरुङ, पुस्तकका सम्पादक विनोद लामिछाने लगायतले पुस्तकका बारेमा मन्तव्य राख्नुभएको थियो भने अग्रज फुटवल खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments