जन्मदिनमा रक्तदानका लागि आव्हान


शान्तिदीप अभियानको पहलमा जन्मदिनका अवसरमा रक्तदानका लागि आव्हान गरिएको छ । १७ बर्ष पुरा भई १८ बर्ष प्रवेश गरेपछि रगत दानका लागि उपयुक्त हुने भएकाले आफ्नो १८ औं जन्मदिनलाई रक्तदान शुभारम्भ गरेर मनाउन आग्रह गरिएको हो ।

कार्यक्रम अनुसार पोखरा १२ ढिकालेथर निवासी अनमोल ज्ञवालीले आफ्नो १८ बर्ष लाग्ने दिनका अवसरमा रक्तदान गर्ने रक्तदान गर्ने बताइएको छ । आफ्ना पिता अर्जुन ज्ञवाली र माता मधु ज्ञवाली समेतको उत्प्रेरणमा अनमोलले रक्तदान गर्न लाग्नुभएको हो ।

पौष १५ गते जन्मदिनका अवसरमा मैले त रक्तदान गर्रे भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको हो । यस्ता कार्यक्रमले रक्तदानका लागि प्रेरणा मिल्ने शान्ति दीप अभियानका स्वयंसेवक हरिश्चन्द्र शर्माको भनाई रहेको छ ।

Facebook Comments