देवघाटधाममा विराट ज्ञान महायज्ञ हुने

प्रसिद्ध तीर्थस्थल तनहुँको देवघाटधाममा माघको २२ देखि फागुनको १ गतेसम्म ज्ञान महायज्ञ हुने भएको छ । देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलको रजत वर्ष महोत्सवको अवसरमा विशेष कार्यक्रमको रुपमा ज्ञान महायज्ञ गर्न लागेको आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले जानकारी दिनुभयो ।

देवघाटधाम स्थित महेश सन्यास आश्रम र उक्त गुरुकुलका संस्थापक ब्रह्मालीन श्री १००८ डा स्वामी रामानन्द गिरिजी महाराजजी गुरुको स्मृतिमा महामहोत्सवको रुपमा महायज्ञको तयारी थालिएको स्वामी महाराजजीले जानकारी दिनुभयो ।

स्वामी महाराजजीका अनुसार देवघाटधामको धार्मिक एवं सांस्कृतिक महत्वको प्रचार– प्रसार, वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि अक्षय श्रद्धाराशि संकलनार्थ महायज्ञ गर्ने उद्देश्य रहेको छ । प्राचीन वैदिक यज्ञीय पद्धतिको प्रशिक्षण प्रचार–प्रसार, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण र गुरुकुल शिक्षाको सुदृढिकरणका निम्ति ज्ञान महायज्ञ गरिने बतायृएको छ ।

ज्ञान महायज्ञमा १०८ श्रीमद्भागवत महापुराण, महारुद्राभिषेक (उखुको रसद्धारा), चतुर्वेद पाठ–पारायण, ब्रह्मागायत्री लक्षहवन, अष्टाचलसहित धान्याञ्चल दान, पितृउद्धार अनुष्ठान, सतचण्डी अनुष्ठान, कोटीद्धिप प्रज्ज्वलनलगायतका महायज्ञमा अनुष्ठानहरु हुने बताईएको छ ।

Facebook Comments