विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलको उपाधी एलजी एशोसियसनलाई

दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एलजी एशोसियसनले हात पारेको छ । विष्णुपादुका क्लब हेमजाको आयोजनामा शनिबार भएको फाइनल खेलमा तारा एफसीलाई ट्राइवेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।

तारा एफसीका टिम क्याप्टेन रोशन हिराचनले प्रहार गरेको बल एलजीका गोल रक्षक रामबहादुर कार्कीले बचाउ गरेपछि तारा एफसी उपविजेतामा चित्त वुझाउन वाध्य भएको हो । एलजीको तर्फबाट रमेश मगर, सुलेमान मगर, र कृष्ण गुरुङले गोल गरे भने ताराको तर्फबाट विनोद गुरुङ र गोविन थापाले गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच एलजीका सुलेमान थापा मगर घोषित भए । विजेता वनेको एलजी एसोसियसनले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेता तारा एफसीले नगद ५५ हजार ५ सय ५५ रुपैया ट्रफी मेडल र प्रमाण पत्रमा प्राप्त गर्यो ।

प्रतियोगितामा सेमिफाइनलमा पुगेका विटी एफसी र एकता लालिगुँरास तथा अनुशासित टिममा दिव्य दृष्टि क्लबले नगद १०÷१० हजार र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्दै एल जी एशोसियसनका कृष्ण गुरुङले नगद ५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थ भएको प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो । २०६६ साल असरा ११ गते हेमजामा भएको सवारी दुर्घटनामा मृत्यु भएका विष्णु तिमिल्सिना र सागर सापकोटाको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

Facebook Comments