मानवअधिकारको रक्षा आफैबाट सुरुवात गरौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिले आफैबाट मानवअधिकार शुरु गर्न आग्रह गर्नुभएको छ । । व्यबहारिक रुपमा आफू, घर, परिवार र समाजबाट मानवअधिकार सुरुवात गर्न मुख्यमन्त्री गुरुङको आग्रह थियो ।

७० औं बिश्व मानवअधिकार दिवसको सन्दर्भमा गण्डकी प्रदेश महाभेलाको अबसरमा पोखरामा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पारदर्शी, समावेशी र लोकतान्त्रिक ढंगले विधि प्रकृयाबाट अगाडि बढे समाजमा मानवअधिकार उल्लंघनका घटना कम हुने उल्लेख गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका गण्डकी प्रदेश निर्देशक दिपकजंगध्वज कार्कीले मानवअधिकारको संरक्षण र प्रबद्र्धनमा आयोग लागि परिरहेको बताउँदै प्रदेश सरकार र सरोकारवालहरुबीच उत्तिकै भूमिका रहेको धारण राख्नुभयो । महाभेला अन्तगत आइतबार मानवअधिकार रक्षक दिवस अर्थात ९ डिसेम्बरका अबसरमा अन्तरक्रिया कार्यक्रम र डिसेम्बर १० मा बिहान ८ बजे मानवअधिकार चोकबाट सभागृहसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिदैछ ।

Facebook Comments