पर्यटक भिषामा नेपाल आएर पोखरामा व्यापार ! साथमा जासुसी

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले विदेशीहरु पर्यटक भिषामा नेपाल आएर पोखरामा व्यापार गरिहेको भन्दै त्यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभएकाे छ । बुधबारको बैठकमा सांसद कोईरालाले भारतीय, चिनिया र केही युरोपियन मुलुकका नागरिक पर्यटक भिषामा पोखरा आएर यहाँका विभिन्न ठाउँहरुमा गैरकानूनी रुपमा व्यापार गरेकाे र नेपाली नागरिकलाई ठगिरहेको भन्दै त्यसलाई रोक्न माग गर्नुभयाे ।

कोइरालाले उनीहरुबाट केवल व्यापार मात्र नभई यहाँको तथ्याङ्क संकलन गर्ने जासुसीको काम भएको भन्दै राष्ट्रियता माथि गम्भिर आक्रमण भएको जिकीर गर्नुभयाे ।

सदनमा सांसद कोइरालाले व्यक्त गरेको विचार : 
मैले अघिल्लो सदनमा पनि उठाएको थिएँ की नेपाल आउने टुरिष्टहरु पर्यटक भिषामा आएर पोखरामा व्यापार गर्दछन्। खुल्ला सिमानाका कारणले भारतीय हाम्रो घरघरसम्म व्यापार गर्दछन् । कमसल सामान वेच्छन् र हाम्रा नागरिकलाई ठग्छन् ।

कोटको कपडा, ग्यास बाल्ने चूलो, यस्ता धेरै व्यापार उनीहरुले घरघरमा गर्दछन् । उनीहरुले कर तिरेको हुँदैन तर घरघरमा निर्वाध रुपमा सामान बेचिरहेका छन् । नेपाल भारतको खुल्ला सीमाना आउजाउ गर्न सजिलो होस् भनेर व्यापार गर्न हो जस्तो मलाई लाग्दैन । महङ्गो मुल्यमा कमसल सामानको घरसम्म व्यापार हुन्छ । यो भारतीयहरुले धेरै अगाडी गर्दथे ।

तर आजकल चाईनिजहरु प्नि व्यापार गर्दछन् । चीनसँग खुल्ला बोर्डर छैन । तर उनीहरुले खुल्लमखुला व्यापर गर्दछन् । पर्यटन भिषामा आएर व्यापार गर्दछन् । चाहे पृथ्वीचोक जानोस् वा महेन्द्रपुल जानोस् चाईनिजहरु हातमा नक्कली सुन बोकेर हाम्रो नागरिकको दोकान अघि वसेर व्यापार गर्दछन् । भाडा तिर्नुप्रदैन। दर्ता गर्नुपनि छैन । हामीले हेर्दै आएका छौँ । यो कुरा उठाउँदा सामान्य लागेपनि यो महत्वपूर्ण गम्भिर कुरा हो । देशको राष्ट्रियतासँग जोडिएको छ ।

यसबाट राष्ट्रियतामा आक्रमण गरिहेको छ खुलममुला व्यापार राष्ट्रियतासँग सम्विन्धित छ । सामान्य व्यापारको रुपमा काम गरिरहेका छन् की देशको गोपनियता तथा जासुसको रुपमा काम गरिरहेका छन् छानविन हुनु आवश्यक छ। हाम्रा व्यापारी कर तिरेर व्यापार गर्दछन्, तर उनीहरु खुलमुखला व्यापार गर्दछन् । व्यापारबाट आन्तिरक तथ्याङक संकलन गर्दछन् । युरोपियनपनि फेवातालको किनारमा बसेर व्यापारा गरिहेका छन् । घुम्न आउने उनीहर बाटोमा बसेर माग्ने गरेका छन् ।

हाम्रो व्यापारिक केन्द्रमा वसेर व्यापार गरिहेका छन् । हाम्रा नागरिकहरु फुटपाथमा व्यापार गर्दा प्रहरी महानगरको सुरक्षा गस्ती आउदा सामान बोकेरसुरक्षित ठाउँमा दौडिने गरेका छन् तर विदेशी पर्यटकहरुले निर्वाध रुपमा व्यापार गर्नु अत्यन्त विडम्वनापूर्ण कुरा हो । यसबाट अर्थतन्त्रमा गम्भिर असर पारेको छ ।

राष्ट्रियताकाे कुरा पनि जोडिएको छ । प्रदेश सरकारले नेपाल प्रहरी लगायतको समन्वयमा आजका आजै उनीहरुमाथि छानविन शुरु गर्नुपर्दछ । यसमा सम्वन्धित मन्त्रालयको धयनाकार्षण गर्दै यो कुरा तेस्रो पटक उठाउन नपरोस् भन्ने चाहन्छु ।

Facebook Comments