नेपालका खेलाडीले र्याफ्टिङ वर्ल्डकपमा भाग लिदै

नेपालका र्याफ्टिङ खेलाडीहरु पनि र्याफ्टिङ वर्ल्डकपमा सहभागी हुने भएका छन । अन्तराष्ट्रिय र्याफटिङ महासंघको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा वर्ल्डकप हुँदैछ ।

र्याफटिङ वर्ल्डकप च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरु यतिवेला पोखराको सेती नदीमा अभ्यासमा व्यस्त रहेका छन । राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनौट भएका खेलाडीहरु सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया यतिबेला प्रशिक्षणमा व्यस्त रहेका छन् ।

प्रशिक्षक निमबहादुर मगरका अनुसार विगत दुई महिनादेखी सती नदीमा अभ्यास गरिरहेका खेलाडीहरुले आफुहरु नदीमा खेलिने साहसिक खेल र्याफ्टिङको माध्यामबाट नेपालको झण्डा लिएर सहभागी हुँदैछन् । तर विश्वका खेलाडीहरु माझ प्रतिस्पर्धामा जान लागेता नेपाल सरकारले चासो नदिएको खेलाडीहरको गुनासो रहेको छ ।

नेपालमा र्याफ्टिङ खेलको संभावना राम्रो भएपनि नेपाल सरकारले अन्य खेलहरुलाई जस्तो सहयोग नगरेको उनीहरुको भनाई छ । यसपटकको विश्वकपमा सहभागी हुनका लागी सम्पूर्ण खेलाडीहरु आफ्नै खर्च र नेपाल एजेन्सीज अफ र्याफ्टिङ एसोशियसनको सहयोगमा अष्ट्रेलिया जान लागेको नेपाली र्याफ्टिङ टिमका प्रमुख सुरज गुरुङले जानकारी दिनुभयो ।

गुरुङले अन्य खेलमा जस्तो र्याफटिङ जस्तो शाहसिक र नेपालमा शाहसिक पर्यटक भित्रयाउने खेललाई सरकारले वेवास्ता गरेको बताउनुभयो । र्याफ्टिङ प्रतियोगितामा सहभागी हुनका लागी ३४ लाख लाग्ने अनुमान गरिएको छ ।

यद्यपि त्रिसुली नदी आसपासका चितवन, धादिङ र गोर्खाका केही गाउपालिकाहरुले नेपालको प्रतिनिधित्व गरेर विश्वकपमा सहभागी हुने नेपाली टीमलाई सहयोग गर्ने प्रतिवद्धता भने जनाएको बताइएको छ ।

चितवनको इच्छामनकामना गाउपालिका कुरिनटार, वेनीघाट रोराङ गाउपालिका वेनीघाट, गण्डकी गाउपालिका गोरखा र शहिद लखन गाउपालिका घैरुङले सहयोग गर्ने प्रतिवद्धता गरेको र त्यहाबाट आउने रकमले केही हदसम्म आफुहरुलाई सहज बन्ने खेलाडीहरुले वताएका छन । वर्ल्डकप प्रतियोगितामा सहभागी हुने खेलाडीहरु आगामी मे ७ तारिकको दिन अष्ट्रेलिया प्रस्थान गर्नेछन ।

Facebook Comments