राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा

राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । बुधबार नेपाल वायु सेवा निगमको चार्टर गरिएको जहाज चढेर राष्ट्रपति भण्डारी चीन भ्रमणमा जानुभएको हो ।

राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि भ्रमणटोलीमा सहभागी हुनुहुन्छ । चीनको सियान हुँदै राजधानी बेइजिङ जाने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी शुक्रबारदेखि ३ दिनसम्म हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले अन्तर्रा्ष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्नुहुनेछ ।

बेइजिङमा नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने छ ।

Facebook Comments