गौरिका सिंहलाइ १२ स्वर्ण

गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । बुधबारसम्मकाे प्रतिस्पर्धामा सिंहले १२ स्वर्ण जितेकी हुन् । बुधबार मात्रै पनि उनले ४ स्वर्ण जितिन् ।

सिहंले यसअघि पहिलाे र दाेस्राे दिन २ २ गरी ४ स्वर्ण जितेकी थिइन् । याेसँगै आठौं राष्ट्रिय खेलकुदमा बुधबारसम्म जारी प्रतियाेगितामा धेरै स्वर्ण जित्ने खेलाडी बनेकी छन् । सिंह नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबबाट सहभागी भएकी हुन् ।

Facebook Comments