नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा

राष्ट्रिय खेलकुद परिषदले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेकाे छ । राष्ट्रिय खेलकुद परिषदकाे बाेर्ड बैठकले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता २०७७ फागुनमा गण्डकी प्रदेशमा गर्ने निर्णय गरेकाे हाे ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी प्रदेशलाई अधिकार दिएकाे हाे । प्रतियाेगिता २०७७ फागुन २० देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय खेलकुद हरेक २–२ वर्षमा हुने गर्दछ । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ को नेपालगन्जमा आज समापन हुदैछ ।
यसैवीच प्रदेश नम्बर ५ को नेपालगन्ज रंगशालामा बुधबार साझँ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको छ ।
उक्त समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बुधबार साझँ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ सहित खेलाडीहरुको टोलीलाई झण्डा हस्तान्तरण गर्नुभएको हो । कार्यकममा राखेपका सदस्य द्धय राजेशकुमार गुरुङ र अस्मिता गुरुङ लगायतको सहभागिता रहेको थियो ।