जिल्ला कमिटीले छिट्टै पूर्णता पाउँछन् : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्रमा महाधिवेशन र जिल्ला कमिटीहरुमा अधिवेशन गर्ने बताउनुभएको छ । पार्टीको स्थायी समिति बैठकले जिल्ला पार्टीको नेतृत्व टुङ्गो लगाएको भन्दै उहाँले संगठनलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो । छिट्टै कमिटीले पूर्णता पाउने उहाँको भनाई छ ।

काठमाण्डौको महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आगामि बर्ष पार्टी संगठन शुद्धीकरण र संगठन सुदृढीकरणमा लाग्ने उहाँको भनाई रहेको छ ।

अध्यक्ष प्रचण्डले पार्टीले निर्वाचनमा गरेको प्रतिवबद्धता अनुसार नै सरकारले विकास निर्माणका काम अगाडि बढाएको जिकीर गर्नुभयो । सरकारले कानून निर्माण, छिमेकी मुलुकसँगको सम्बन्धमा सुधार र भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको उहाँको जिकीर थियो ।

सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा हाँसिल हुने क्रम बढेकाले यसलाई अझ तीव्र बनाउनुपर्ने प्रचण्डको भनाई थियो । सामुदायिक विद्यालयहरुमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा सुधार गर्नुपर्ने उहाँको भनाई थियो । शिक्षालाई व्यवहारिक र रोजगारमुलक बनाउनुपर्नेमा प्रचण्डले जोड दिनुभयो ।

Facebook Comments