भुकम्पपछि पुन निर्माण १ बर्षभित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्ष भित्रमा भुकम्पपछिको पुन निर्माणको काम सक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काभ्रेमा एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको ३६ कोठे विद्यालय भवन उद्घाटन कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले केही संरचनाबाहेक अन्य भने १ वर्षमा सम्पन्न हुने दाबी समेत गर्नुभयो । ध्वस्त भएका ९ लाख घर र ९ हजार विद्यालय पुनर्निर्माण सकिएको जानकारी दिदैं प्रधानमन्त्री ओलीले आउँदो एक वर्ष भित्रमा पुनर्निर्माण टुंग्याउने गरी काम भइरहेको बताउनुभयो ।

यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास निर्माणमा ८० प्रतिशत प्रगति भएको जनाएको थियो । २०७२ साल बैशाख १२ गते गएको गोर्खा भुकम्पको विहीबार ४ बर्ष पुरा हुँदैछ ।

Facebook Comments