तनहुँ र बागलुङमा रहेको सडक डिभिजन कार्यालय प्रदेश मातहत

गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले तनहुँ र बागलुङमा रहेको सडक डिभिजन कार्यालय प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद बैठकले संघ सरकार मातहत रहेको तनहुँ र बागलुङमा रहेको सडक डिभिजन कार्यालयलाई प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत ल्याउने निर्णय गरेकाे हो ।

तनहुँको दमौलीमा रहेको सडक डिभिजन कार्यालयले तनहुँ, लमजुङ, गोर्खा र मनाङ तथा बागलुङमा रहेको सडक डिभिजन कार्यालयले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सडकहरू हेर्दै आएको छ ।

प्रदेश मातहत ल्याइए पनि सडक डिभिजन कार्यालयले संघ सरकारका आयोजना समेत हेर्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरणा बस्नेतले जानकारी दिनुभयाे ।

त्यस्तै प्रदेश सरकारले लमजुङको घलेगाउँ होम–स्टेलाई २९ लाख २७ हजार दिने भएकाे छ । घलेगाउँ होम–स्टेका सबै घरमा एकै खालको रङ लगाउने, एकै खालको छाना हाल्ने लगायतका कार्य गर्न प्रदेश सरकारले रकम दिने निर्णय गरेको हाे ।

Facebook Comments