श्रीलंका आक्रमणमा धनाढ्य व्यापारीका छाेराहरू संलग्न !

गत आइतबार ‘इस्टर सण्डे’को दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी श्रीलंकाको राजधानी कोलोम्बोकै एक धनाढ्य व्यापारीका परिवारका सदस्य रहेको खुलेको छ । कोलोम्बोका प्रतिष्ठित मसाला व्यापारीको छोराहरु घटनामा संलग्न रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ ।

सिएनएनले अनुसन्धानबारे जानकार दुई स्रोतको उद्धृत गर्दै ती दुई जना दाजु भाई भएको र तिनको नाम इम्स एहमेद इब्राहिम र इल्हाम एहमद इब्रोहिम रहेको जनाएकोे छ ।

भारतीय समाचार वेबसाइट फस्टपोस्टले पहिलो पटक ती दुई दाजुभाईको परिचय सार्वजनिक गरेको थियो । सो बेवसाइटले ती दाजुभाई ३० भन्दा केही बढी उमेरको भएको बताइएको छ ।

तिनका पिता मोहमेद इब्राहिम कोलम्बोमा रहेको इशाना एक्सपोर्टका संस्थापक हुन् । कम्पनीको बेवसाइटमा ‘कम्पनी सन् २००६देखि श्रीलंकाको सबैभन्दा ठूलो मसाला निर्यातक’ लेखिएको छ ।

आक्रमण लगतै मोहमेदलाई पक्राउ गरिए पनि कुनै मुद्धा चलाइएको छैन । रिपोर्टमा इम्ब्राहिम परिवार श्रीलंकाको राजधानी कोलम्बोको सबैभन्दा धनी मुसलमान परिवार रहेको जनाइएको छ । आइतबारको आक्रमण आत्मघाती आक्रमण थियो । हालसम्म आक्रमणमा मृतकको संख्या ३५९ पुगेको छ भने ५०० भन्दा बढी घाइते छन् ।
घटनाको पछिल्लो अपडेड जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रीलंकाका रक्षा मन्त्री रवान विजेवार्देनेले आक्रमणमा संलग्न व्यक्तिहरुको पृष्ठभूमि ‘डरलाग्दो’ भएको बताउनुभएको छ । उहाँले अनुसन्धानबाट आत्मघाती आक्रमणमा संलग्नहरु राम्रो शिक्षा लिएका, उच्च मध्यम वर्ग परिवारका र आर्थिक रुपमा स्वतन्त्र रहेको जानकारी दिनुभयो । एजेन्सीको सहयोगमा

Facebook Comments