एयर इन्डियाको विमानमा आगलागी

भारतकाे नयाँ दिल्ली एयरपाेर्टमा एयर एयर इन्डियाको विमानमा आगलागी भएकाे छ । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको हाे ।

कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ । आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान कम्पनीले सामन्य दुर्घटना भनेकाे छ ।

Facebook Comments