देश विकास तिव्र गतिमा हुँदैछ : गृहमन्त्री थापा


गृहमन्त्री रामबहादुर थापाले देश विकास तिव्र गतिमा बढेको बताउनुभएको छ । विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले सरकार र विभिन्न संस्थाको सर्वेक्षणले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल हुने प्रक्षेपण रहेको बताउनुभयो ।

सरकारको १ बर्षको समीक्षा गर्दा विकास र समृद्धिको आधार निर्माण गर्न सफल भएको गृहमन्त्री थापाको भनाई रहेको छ । संरचनागत, नीतिगत र कानुनी आधार तय भएकाले अव विकास निर्माणले गति लिने उहाँको भनाई छ । छिमेकी मुलुकहरुका साथै पश्चिमी मुलुकहरुसँगको सम्बन्धलाई सकारात्मक बनाउन सफल भएको उल्लेख गर्दै उहाँले विकास र समृद्धिमा यसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शान्ति सुरक्षाका दृष्टिकोणले आवश्यक काम भएको उहाँको भनाई छ । आधारभूत रुपमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको थापाको भनाई छ । उहाँले विपद् व्यवस्थापनमा पनि सरकारले उल्लेख्य भूमिका निर्वाह गरेको जिकीर गर्नुभयो ।

उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि निस्तेज पार्न सरकार सफल भएको मन्त्री थापाको जिकीर रहेको छ । उहाँले विप्लव नेतृत्वको उक्त पार्टीलाई मूलधारको राजनीतिमा आउन सुझाव दिनुभयो । विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराएको भन्दै विप्लवलाई पनि वार्ता मार्फत् समस्या समाधानमा लाग्न गृहमन्त्री थापाले सुझाव दिनुभयो ।

Facebook Comments