त्रासद पर्खाल

–राधा कार्की

जीवनको गति खोज्न
निरन्तर लम्वmेका मेरा गोडा
त्यो पर्खाल अगाडि
पटक–पटक स्तब्ध बनेका छन् !
किन यति विघ्न शक्तिशाली छ !
त्यो निर्जीव पर्खाल

त्यही पर्खालभित्र
भत्किएका थिए मेरा मुटुका भित्ताहरू
उप्किएका थिए मेरा विश्वासका पत्रहरू
अँचेटेका थिए मलाई मुर्कुट्टाहरूले
कसरी विर्सन सक्छु
रोदन र क्रन्दनले छोपेको त्यो दिन ?

मडारिएका थिए अनेकौँ बादलहरू
मेरो हृदय आकाशमा
बिनाकसुर पिउनु परेको थियो नुनिलो आँसु
त्यो ग्यास च्याम्बरजस्तै कोठामा ।

म त्यहीँ रोकिन्छु
नियालेर हेर्छु वस्तुस्थिति
अनुहार देख्छु बेगिन्ती निर्दोषहरूका
घुर्मैलो फुस्रो अनुहार
जथाभावी डोरा सरेका कपडा
धुमिल रङ्गले खर्लप्पै ढावmेको अनुहार
लगातारको चरम यातनाले
गिजोलिएको थियो मेरो मथिङ्गल ।

आजकल मलाई टुक्र्याउने कसाई
र त्यो मुर्कट्टा आकृति
उस्तै–उस्तै लाग्न थालेको छ !

Facebook Comments