बारा र पर्सामा हावाहुरीबाट भत्किएका घरको पुननिर्माण नेपाली सेनाले गर्ने

नेपाल सरकारले बारा पर्सामा हावाहुरीबाट क्षति भएका घर पुननिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सो कार्यका लागि रू. ८४ करोड ६८ लाख७६ हजार १४० नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । गत बैशाख ५ र १० गते बसेको नेपाल सरकार मन्त्री परिषद्को बैठक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो जानकारी दिनुभयो । सो रकमबाट १ हजार ४ सय ५३ घर पुननिर्माण गर्ने बताइएको छ ।

उहाँका अनुसार नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा, प्राविधिक सहायक रथी डा. सुनिलकुमार सिंहलाई प्राविधिक उपरथी दर्जामा र पाँचजना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नती गरिएको छ । मन्त्री परिषद बैठकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (पहिलो संशोधन) कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गरेको छ भने प्रदेश नं. १ र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशले गरिख गरेका एम्बुलेन्स खरिदमा भन्सार छुट दिने निर्णय समेत गरेको छ ।

सरकारले गरेका निर्णय

Facebook Comments