प्रतिक अफसेट प्रेसले आफ्नो वार्षिकोत्सव मनाउने

पोखराको महेन्द्रपुलमा रहेकाे प्रतिक अफसेट प्रेस १९ औँ वसन्त पार गरि २० औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा प्रेसले विशेष कार्यक्रमको आयोजना गरि मनाउने जनाएकाे छ । बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना बैशाख १४ गते विशेष कार्यक्रम गरी बार्षिकाेत्सव मनाउने जानकारी दिइएकाे हाे ।

प्रेसका सञ्चालक पदमलाल श्रेष्ठका अनुसार पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीकाे प्रमुख आतिथ्यतामा गर्न लागिएकाे हाे । बैशाख १४ गते शनिवार विहान ८ बजेवाट सुरु हुने उक्त दिनको वार्षिकोत्सव कार्यक्रमका अवसरमा कम्पनीमा कार्यरत २५ जना कर्मचारी मध्ये १ जनालाई उत्कृष्ठ कर्मचारी सम्मानबाट सम्मान गरिने श्रेष्ठले जानकारी दिनुभयाे ।

२०५६ सालमा ३ हजारको लगानीमा सुरु भएको प्रेस अहिले ३ करोड लगानी रहेको छ । प्रेसले २५ जना कर्मचारीलाई रोजगार दिदै आएको छ ।

Facebook Comments