विकास र समृद्धिको सत्रु भ्रष्टाचार : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रमुख सत्रु भ्रष्टाचार भएको दाबी गर्नुभएको छ । बर्दियाको बासगढीस्थित केदारेश्वर धामको विहबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विकास र समृद्धिको सत्रु भ्रष्टचार न्यूनिकरणका लागि सङ्घर्ष जरुरी रहेको बताउनुभयो ।

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले केदारेश्वर धामले पर्यटन प्रबद्र्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments