खुलामञ्च अतिक्रमणविरुद्ध आन्दोलन सुरु, लाखौं भाडा उठाएपनि कर तिरिएन

काठमाडौँको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीले आन्दोलन सुरु गरेका हुन् ।

विहीबार खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरूले त्यहाँ बनाएका सटर पनि बन्द गराएका थिए । पुरानो बसपार्कमा भ्यू टावर निर्माण गरिने भएपछि बसपार्क खुल्लामञ्चमा सारिएको थियो । खुल्लामञ्चमा सटर बनाएर अग्रिम रकम भुक्तानी लिएर जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले बिक्री गरेको हो ।

मनोजकुमार भेटवाल सञ्चालक रहेको स्वच्छन्द बिल्डर्सले खुल्ला मञ्चको सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरेर भाडामा लगाएको हो । विल्डर्सले खुलामञ्चबाट मासिक १५ लाख भाडा संकलन गर्दै आएपनि कर भने नबुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खुला मञ्च खुला गर्न काठमाडौँ महानगरपालिकासँग माग गर्दै उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । विरोध प्रदर्शनमा सहभागीले खुला क्षेत्र अतिक्रमण गरेर काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर सञ्चालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए ।

Facebook Comments